तनहुँमा लागूऔषधसहित २ जना पक्राउ
तनहुँ, आँबुखैरेनी — तनहुँको आँबुखैरेनी गाउँपालिका–४ अन्तर्गत पृथ्वी राजमार्ग सडकखण्डमा प्रहरीले २०० एम्पुल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सवारी साधन तथा शंकास्पद व्यक्तिहरूको जाँच गर्ने क्रममा पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला गाउँपालिका–२ का ३१ वर्षीय सुरज गुरुङ र काठमाडौं महानगरपालिका–४ का २३ वर्षीय प्रेम सापकोटा रहेका छन्।
उनीहरूको साथबाट Diazepam ६१ एम्पुल, Phenergan ६६ एम्पुल र Buprenorphine ७३ एम्पुल गरी जम्मा २०० एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


























