भिमादमा प्रमुख प्रशासकीय अधिकृत पाेखरेलको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

भिमाद ।
भिमाद नगरपालिकामा भर्खरै सरूवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/१२/१६ को निर्णयअनुसार नगरपालिकामा सरुवा भई आउनु भएका पोखरेललाई नगरपालिकाले औपचारिक स्वागत गरेको हो।
नगर प्रमुख दधिराज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप-प्रमुख शारदा खनाल ,वडा अध्यक्षहरू, विभिन्न शाखाका प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुबेदीले नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गर्दै नगरको समग्र विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरूले पनि प्रमुख पोखरेललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।


























