व्यास नगरपालिकामा स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा
दमौली, तनहुँ — व्यास नगरपालिका ले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको मिति २०८२ चैत २२ गते बसेको बैठकले चैत ३० गते स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय गर्दै सो दिन नगरपालिका अन्तर्गतका कार्यालयहरूमा बिदा दिने निर्णय गरेको हो।

जारी सूचनाअनुसार नगरपालिका कार्यालय, वडा कार्यालयहरू तथा नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवा बाहेक) बन्द रहनेछन्।
नगरपालिकाले उक्त निर्णयबारे सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउँदै स्थापना दिवस सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।


























