केन्द्रीय कार्य समिति र भातृ संस्थाभंग गरेर कांग्रेस महाधिवेशनमा जानुपर्छ —नेता भण्डारी

केन्द्रीय कार्य समिति र भातृ संस्थाभंग गरेर कांग्रेस महाधिवेशनमा जानुपर्छ —नेता भण्डारी

दमौली २६,चैत । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता शंकर भण्डारीले केन्द्रीय कार्य समिति र भातृ संस्था भंग गरेर महाधिवेशन जानु पर्ने बताउनु भएको छ ।

शेरबहादुर देउवाले नै आधिकारिता पाएपनि केन्द्रीय कार्य समिति भंग गरेर सबैलाई समेटेर महाधिवेशनमा जानुपर्ने पूर्व केन्द्रीय सदस्य समेत रहनु भएका भण्डारीको भनाई रहेको छ । महाधिवेशनका लागि सानो आकारको तयारी समिति बनाउनु भण्डारीको जिकिर रहेको थियो । सो कुरा भण्डारीले नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिद्धारा शुक्रबार पोखरामा आयोजना गरिएको कार्यक्रममा बताउनु भएको हो ।

पार्टीका नेताहरु माथि सरकारले प्रतिशोध साधेर फसाउन खोज्दा पनि पार्टीको तर्फबाट कुनै धारणा नआउनु ठूलो कमजोरी भएको भण्डारीको भनाई रहेको छ । कांग्रेस पार्टी र नेताहरु माथि यो भन्दा अगाडि पनि पटक—पटक प्रहार भएको हुँदा यस पटक भएको प्रहारलाई अन्यथा मान्न नहुने समेत भण्डारीको भनाई रहेको थियो । त्यस्तै भदौ २३ र २४ को घटनाको विषयमा कांग्रेसले प्रश्न उठाउन नसक्नु कांग्रेसको कमजोरी भएको भण्डारीको भनाई थियो ।

त्यस्तै संवैधानिक राजतन्त्र र वैदिक सनातन हिन्दू राष्ट्रको एजेण्डालाई कांग्रेसले अगाडि बढाउनु र यहि एजेण्डाले कांग्रेसलाई नयाँ जीवन दिने समेत भण्डारीको भनाई थियो । पोखरामा भएको कार्यक्रममा निर्वाचनको समिक्षा समेत गरिएको थियो । कार्यक्रम पार्टी सभापति गगन थापा सहित पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page