शुक्लागण्डकीमा भएको सवारी दुर्घटनामा खतिवडा र भुजेलकाे निधन

शुक्लागण्डकीमा भएको सवारी दुर्घटनामा खतिवडा र भुजेलकाे निधन

तनहुँ — शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित पृथ्वी राजमार्गमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको दुःखद निधन भएको छ।
दुर्घटनामा स्कुटर चालक च्यावनधामका पुजारी गणेश खतीवडा र स्कुटरमा पछाडि सवार गाछेपानीका कृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीका अनुसार पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको बा ११ च ७३६५ नम्बरको पिकअप भेनले नियन्त्रण गुमाएर सडकको डिभाइडर पार गरी विपरीत दिशाबाट आइरहेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटना दिउँसो करिब ३:३५ बजे भएको हो।
घाइते दुवै जनालाई तत्काल उद्धार गरी तनहुँ सेवा अस्पताल, दुलेगौंडा लगिएकोमा चालक खतीवडालाई चिकित्सकले ४:२५ बजे मृत घोषणा गरेका थिए। गम्भीर घाइते भुजेललाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा पठाइएकोमा ४:४३ बजे उपचारकै क्रममा उनको पनि मृत्यु भएको हो।
विशेषतः, मृतक खतीवडाको सोही दिन जन्मदिन रहेको र दुर्घटना हुनुअघि सामाजिक सञ्जालमा उनलाई शुभकामना दिइरहेको देखिएको थियो, जसले घटनालाई झनै भावुक बनाएको छ।

दुर्घटनामा संलग्न पिकअप भेन, स्कुटर र चालकलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ। प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page