जेनजी आन्दाेलनमा कारागारबाट फरार थुनुवा पक्राउ

जेनजी आन्दाेलनमा कारागारबाट फरार थुनुवा पक्राउ

दमौली, तनहुँ — तनहुँ प्रहरीले कारागार तोडफोड गरी फरार भएका एक थुनुवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले एक फरार थुनुवालाई नियन्त्रणमा लिएको हो।
उक्त थुनुवा २०८२ भदौ २४ गते GEN-Z समूहको आन्दोलनका क्रममा तनहुँ कारागार तोडफोड गरी फरार भएका थिए। ज्यान सम्बन्धी कसुरमा संलग्न उनी घटनापछि फरार रहँदै आएका प्रहरीले जनाएको छ ।
लामो समयदेखि खोजीमा रहेका उनलाई प्रहरीको सक्रिय अनुसन्धान तथा निगरानीका आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page