व्यास नगरपालिका स्थित दमाैलीमा वेकरी तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

दमौली, तनहुँ — गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत नयाँ उद्यमीहरूका लागि सञ्चालन गरिएको वेकरी सम्बन्धी प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ।
व्यास नगरपालिकाको आयोजनामा व्यास नगरपालिका–२ स्थित पिजनहिल स्कुल अफ हस्पिटालिटीमा चैत १ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको एक महिने तालिम सम्पन्न भएको हो। तालिममा सहभागीहरूलाई वेकरी व्यवसाय सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।
समापन कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा नं. ३ का अध्यक्ष अनुप राना, वडा सदस्यहरू दधिराज घिमिरे, विनु श्रेष्ठ र श्रीमाया विक लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूलाई मेयर न्यौपानेसहित अतिथिहरूबाट प्रमाणपत्र वितरण गरिएको थियो।
तालिममा प्रमुख प्रशिक्षक विवेक सापकोटा, सहजकर्ता सुस्मिता थापा तथा सहायक प्रशिक्षकमा कमला ठकुरी रहेका थिए।


कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख न्याैपानेले सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै तालिमले स्वरोजगार उन्मुख बनाउँदै आयआर्जनका अवसर सिर्जना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।


























