दमौलीमा जारी प्रथम टाइगर ल्याण्ड सांस्कृतिक महोत्सवमा आज चर्चित कलाकारकाे प्रस्तुति रहने

दमौलीमा जारी प्रथम टाइगर ल्याण्ड सांस्कृतिक महोत्सवमा आज चर्चित कलाकारकाे प्रस्तुति रहने

दमौली, तनहुँ — व्यास नगरपालिका–४, बाघभञ्ज्याङ सिमलटारमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” अन्तर्गत आज (वैशाख २ गते, बुधबार) चर्चित राष्ट्रिय कलाकारहरूकाे प्रस्तुति रहने भएको छ ।
महोत्सव आयोजकका अनुसार आजको कार्यक्रममा चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक निश्चल थापा र गायिका अनु सुनारले आफ्नो सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। त्यस्तै, एसियाकै होचो व्यक्तिका रूपमा परिचित मनोज गोर्खालीले आफ्नो विशेष प्रस्तुति दिनेछन् भने जादुगर राजेन्द्र गिरी (गुल्फुको) ले जादुमय प्रस्तुति देखाउने कार्यक्रम तय गरिएको छ।
यसैगरी, नृत्यतर्फ रचना, रेनु र सावित्रीको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रम सञ्चालन भने सञ्चालक विश्व कुमार बुढाले गर्नेछन्।
नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको महोत्सव चैत २७ गतेदेखि सुरु भई वैशाख ७ गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा कला, संस्कृति, कृषि, घरेलु उद्योग तथा पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएका छन्।

आयोजक टाइगर ल्याण्ड युवा क्लबका अध्यक्ष विपिन घलेका अनुसार महोत्सवमा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने, साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूले दर्शकको उल्लेखनीय सहभागिता बढाइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page