लियो क्लब अफ तनहुँद्वारा निःशुल्क अनुहार तथा कपाल परीक्षण कार्यक्रम
तनहुँ — सामाजिक सेवामा सक्रिय लियो क्लब अफ तनहुँ ले एक दिने निःशुल्क अनुहार तथा कपाल परीक्षण (Skin & Hair Checkup) कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही बैशाख ५ गते शनिबार, व्यास नगरपालिका–३ स्थित विकल्प फार्मेसी मा सञ्चालन हुनेछ।
क्लबका अध्यक्ष लियो रोबिन श्रेष्ठका अनुसार कार्यक्रम बिहान १०:१५ बजेदेखि बेलुका ५:०० बजेसम्म चल्नेछ। आधुनिक प्रविधिको प्रयोगमार्फत दक्ष चिकित्सकद्वारा सहभागीहरूको अनुहार तथा कपाल परीक्षण गरिने उनलेे जानकारी दिए ।
यस कार्यक्रमले स्थानीय सर्वसाधारणलाई आफ्नो छाला तथा कपालसम्बन्धी समस्या पहिचान गर्न तथा उचित परामर्श लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रम विकल्प फार्मेसी को सहयोग तथा लियो क्लब अफ तनहुँ को सक्रियतामा आयोजना हुन लागेको हो। इच्छुक व्यक्तिहरूले थप जानकारीका लागि ९८४६०४३४५९ र ९७०९१५२८११ नम्बरमा सम्पर्क गर्न सक्ने समेत उनलेे बताए ।

लियो क्लब अफ तनहुँ ले यस्ता सामाजिक सेवामूलक कार्यक्रममार्फत समुदायमा सकारात्मक प्रभाव पार्दै आएको छ।


























