तनहुँ प्रहरी द्वारा फरार प्रतिवादी पक्राउ

तनहुँ प्रहरी द्वारा फरार प्रतिवादी पक्राउ

तनहुँ, वैशाख ३ — जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत युनिटबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर र चोरी उद्योग मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला अदालत तनहुँले उनलाई ७ दिन कैद र रु २ लाख जरिवाना तोकेको थियो। पक्राउपछि उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै चोरी उद्योग मुद्दामा फरार रहेका एक पुरुषलाई पनि प्रहरीले पक्राउ गरेको छ। अदालतले उनलाई १७ दिन कैद र रु ५ हजार जरिवाना तोकेको थियो। उनलाई नियन्त्रणमा लिएपछि कैद तथा जरिवाना बराबर रकम असुल गरी रिहा गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले फरार प्रतिवादी नियन्त्रण अभियानलाई निरन्तर रूपमा अघि बढाइने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page