दमौलीमा ‘जेनजी कप’ बास्केटबल प्रतियोगिता !

दमौलीमा ‘जेनजी कप’ बास्केटबल प्रतियोगिता !

दमौलीमा ‘जेनजी कप’ बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। गोशली क्याफेको आयोजनामा र हैरान्स क्लबको सहकार्यमा सञ्चालन भइरहेको प्रतियोगितामा कुल ६ टिम सहभागी रहेका छन्।
प्रतियोगितामा पोखराबाट ३ टिम, चितवनबाट १ टिम र तनहुँबाट २ टिमको सहभागिता रहेको आयोजक सुजन गोशलीले जानकारी दिए। त्यसैगरी लेडिजतर्फ पोखराबाट १ र तनहुँबाट २ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
खुल्ला अन्डर–२० समूहअन्तर्गत सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई नगद २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने लेडिजतर्फ प्रथम हुने टिमलाई नगद ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने प्रतियोगिता जेनजी पुस्तामाझ बास्केटबल खेलको प्रवर्द्धन गर्ने र युवालाई खेलप्रति आकर्षित गराउने उद्देश्यले आयोजना गरिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page