दमौलीमा जारी ‘टाइगर ल्याण्ड दमौली महोत्सव’मा शनिबार डान्सर प्रिति पासवानको धमाकेदार प्रस्तुति

दमौलीमा जारी ‘टाइगर ल्याण्ड दमौली महोत्सव’मा शनिबार डान्सर प्रिति पासवानको धमाकेदार प्रस्तुति

दमौली, तनहुँ — दमौलीमा सञ्चालन भइरहेको “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” अन्तर्गत शनिबार चर्चित डान्सर प्रिति पासवानले आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनाेरञ्जन दिएकी छन् । यस्तै सनिवार नै लाेकदाेहाेरी गायक शिव शर्मा , सावित्रा हड्खले , विश्व वुढा लगायतले पनि आफ्नाे प्रस्तुति प्रस्तुत गरेका थिए ।

व्यास नगरपालिका–४, बाघभञ्ज्याङ सिमलटारमा जारी महोत्सवमा उनको प्रस्तुति मुख्य आकर्षणका रूपमा रहेको आयोजक टाइगर ल्याण्ड युवा क्लबका अध्यक्ष विपिन घलेले जानकारी दिए। कार्यक्रममा रचना, रेनु र सावित्रीलगायत अन्य कलाकारहरूले समेत डान्स प्रस्तुति गरेका थिए ।महाेत्सवमा सञ्चालन सर्जन थापा मगरले गरेका थिए।

नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सव वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवले कला, संस्कृति, व्यापार, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page