तनहुँ बस दुर्घटना : २ को मृत्यु, २९ घाइते (नामावलीसहित)
तनहुँ, बैशाख ११ — तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारस्थित पृथ्वी राजमार्गमा आज अपराह्न करिब ३:५५ बजे बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
पोखराबाट भैरहवा जाँदै गरेको ग २ ख १८३६ नम्बरको पृथ्वी समिति बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनामा म्याग्दे गाउँपालिका–१ की ६५ वर्षीया जस माया सुनार र एक अज्ञात महिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित २९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने केहीलाई उपचारपछि डिस्चार्ज गरिएको छ। घाइतेहरूको पोखरास्थित अन्नपूर्ण अस्पताल र मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
घाइतेहरूको नामावली:
तेजकुमार शाही (३५), भरत कुमार श्रेष्ठ (६४), खडक बहादुर भट्ट (४२), कुशुम गुरुङ (१५), दिल माया बयम्बु (२२), सुस्मिता थापा राना (२५), सबिता थापा (३७), पार्वती अधिकारी (६०), अमिस कार्की (१२), दुर्गा देवी थापा (५६), अनिसा कार्की (९), मिरा कुमारी श्रेष्ठ (६१), द्रोपती रोका पुन (६४), सुदिप कुँवर (२४), अस्मिता सुनार (३६), प्रेरणा सुनार (१३), सुक बहादुर भुजेल (३०), तारा बहादुर नेपाली (५८), तुलाराम पौडेल (५१), हर्क बहादुर शाही (३७), प्रेम कुमारी गुरुङ (६४), गंगा देवी थापा (५५), शान्ती सुनार (४६), राम बहादुर सुनार (४८), रिमा थापा (४५), देव गजमेर (३६), सुमन शाही (१७), किसान सुनार (६२), भट्टी माया गुरुङ (३३), रामरुप मण्डल (अं. ३०/३५), बिष्णु गुरुङ (५०) र भुमि कुमार श्रेष्ठ (२६)।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


























