तनहुँ बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, २९ जना उपचाररत

तनहुँ बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, २९ जना उपचाररत


तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा भएको बस दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ भने २९ जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।
दुर्घटनामा जम्मा ३५ जना घाइते भएका थिए। तीमध्ये १७ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा, १२ जनाको अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ भने ४ जना उपचारपछि डिस्चार्ज भएका छन्। उपचाररतमध्ये ६ जनाको अवस्था गम्भीर, १६ जनाको मध्यम र ७ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।
उपचारका क्रममा मृत्यु हुनेमा तनहुँ म्याग्दे गाउँपालिका–१ निवासी ६५ वर्षीया जस माया सुनारको दिउँसो ४:३५ बजे मृत्यु भएको हो। उनको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ।
यस्तै, पाल्पा जिल्लाको मिस्ती गाउँपालिका–७ सिन्दुरे निवासी २४ वर्षीया धामिसरा रानाको पनि उपचारकै क्रममा दिउँसो ४:३० बजे मृत्यु घोषणा गरिएको छ। उनको शव जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा राखिएको छ।


दुर्घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page