बिरता टोल विकास संस्थाको अध्यक्षमा चन्द्रकला

बिरता टोल विकास संस्थाको अध्यक्षमा चन्द्रकला

तनहुँ, व्यास नगरपालिका–४ सिमलटारस्थित बिरता टोल विकास संस्थाको छैटौँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा चन्द्रकला बोहोरा चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा कृष्णचन्द्र वाग्ले, सचिवमा रमा गिरी, सह–सचिवमा नवीन बस्नेत र कोषाध्यक्षमा जङ्गबहादुर अधिकारी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा उमा गुरुङ, देउमाया राना, सुनिता पोखरेल, रेखा पन्त र लक्ष्मी आछामी रहनुभएको छ।

त्यस्तै सल्लाहकार समितिमा श्रीराम कार्की, केशव भट्टराई, वसुन्धरा घर्ती, जीवन लाल श्रेष्ठ, काली बहादुर अधिकारी, सरोज बस्नेत र कृष्ण क्षेत्री चयन हुनुभएको छ।
अधिवेशनले नयाँ नेतृत्वमार्फत टोलको समग्र विकास, सामाजिक एकता र जनसहभागितालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page