तनहुँ जलविद्युत आयोजना द्वारा आयोजना प्रभावित महिलालाई सिलाइ मेसिन वितरण

तनहुँ जलविद्युत आयोजना द्वारा आयोजना प्रभावित महिलालाई सिलाइ मेसिन वितरण

तनहुँ — तनहुँ जलविद्युत आयोजनाले ऋषिङ गाउँपालिका–१ का आयोजना प्रभावित महिलाहरूलाई सिलाइ मेसिन वितरण गरेको छ। आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) कार्ययोजना तथा जीविकोपार्जन पुनर्स्थापना योजना (LRP) अन्तर्गत उक्त सहयोग गरिएको हो।
ऋषिङ वडा नं. १ कार्यालयको समन्वयमा सञ्चालन गरिएको ६ महिने सिलाइ कटाइ तालिममा सहभागी २५ जना महिलालाई आयोजनाले प्रत्येकलाई एक–एक वटा सिलाइ मेसिन प्रदान गरेको जनाएको छ। साथै, सहभागीहरूलाई एक दिने वित्तीय साक्षरता सम्बन्धी तालिम समेत दिइएको छ।

बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा मेसिनहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। उक्त सहयोगले आयोजना प्रभावित परिवारहरूको जीविकोपार्जनमा सुधार ल्याउने तथा आयआर्जनका अवसरहरू विस्तार हुने विश्वास लिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page