चण्डिदेवी माविमा स्वागत, बधाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

तनहुँ । श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय व्यास १० बैरेनीमा स्वागत, बधाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
एसईई २०८२ मा सहभागी ३७ जना विद्यार्थীমध्ये ३६ जना उच्च जिपिएसहित सफल भएको खुसीयालीमा विद्यार्थी सम्मान, नयाँ आगन्तुक विद्यार्थी स्वागत तथा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा अनुसार पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष खेमराज पोख्रेल ले विद्यालयको उत्कृष्ट नतिजाले सिंगो पालिकालाई नै गौरवान्वित बनाएको बताउँदै विद्यालयको संरक्षकका रूपमा आगामी दिनमा पनि आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पाठक को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक सिमा श्रेष्ठ ले राख्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेल ले विद्यार्थीको अनुशासन, निरन्तर मेहनत, सकारात्मक सोच, शिक्षकहरूको अथक परिश्रम, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा अभिभावकहरूको सहकार्यका कारण उत्कृष्ट नतिजा हासिल भएको बताउनुभयो । साथै उहाँले कक्षा ११ मा पनि चण्डिदेवीमै भर्ना हुन विद्यार्थीलाई आग्रह गर्नुभयो ।
शिक्षक प्रतिनिधि शान्ता बास्तोला ले सञ्चालन गर्नुभएको कार्यक्रममा झण्डै ५० जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो । उक्त अवसरमा कक्षा ११ मा अध्ययन हुने विषयका बारेमा शिक्षक ईश्वर अधिकारी ले जानकारी गराउनुभएको थियो ।


























