मीन माविमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन

मीन माविमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन


दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घ गठन गरिएको छ।
आइतबार सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ लाई चयन गरेको छ। समितिकाे सदस्यहरूमा बद्रीनाथ घिमिरे, बालकुमारी सुर्खाली र प्रेमकुमारी राना चयन भएका छन्।
त्यसैगरी शिक्षक अभिभावक सङ्घको अध्यक्षमा चित्रबहादुर शाही चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीले नयाँ समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुदृढीकरण तथा समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
भेलामा विद्यालय परिवार, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित समिति गठन गरिएको विद्यालयले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page