रास्वपा म्याग्देको अधिवेशन सम्पन्न, एमालेबाट निर्वाचित वडा सदस्य घिमिरे महाधिवेशन प्रतिनिधि चयन
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले मनोज अधिकारीको नेतृत्वमा नयाँ पालिका कार्यसमिति चयन गरेको छ।
अधिवेशनबाट सभापतिमा मनोज अधिकारी तथा उपसभापतिमा अनिल अधिकारी लगायत चयन भएका छन्।
अधिवेशनको विशेष आकर्षण म्याग्दे गाउँपालिका–३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट वडा सदस्यमा निर्वाचित प्रकाश घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देको महाधिवेशन प्रतिनिधिमा चयन हुनु रह्यो। एमालेबाट निर्वाचित जनप्रतिनिधि घिमिरे रास्वपाको महाधिवेशन प्रतिनिधिमा चयन भएपछि म्याग्देको स्थानीय राजनीतिक वृत्तमा यसको चर्चा भएको छ।

अधिवेशनमा पार्टी संगठन विस्तार, आगामी रणनीति र स्थानीय मुद्दाका विषयमा समेत छलफल गरिएको जनाइएको छ।




























