माझफाँटमा जारी पुरुषोत्तम महायज्ञमा करिब ३ लाख रुपैयाँ दान संकलन

दमौली, जेठ २६ – व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा सञ्चालन भइरहेको पुरुषोत्तम महायज्ञको तेस्रो दिन मंगलबार उत्साहजनक जनसहभागिता देखिएको छ। कथा श्रवण, धार्मिक अनुष्ठान तथा विविध कार्यक्रम अवलोकन गर्न टाढाटाढाबाट श्रद्धालु भक्तजन महायज्ञस्थल पुगेपछि माझफाँट क्षेत्र नै धार्मिक वातावरणले भरिएको छ।
माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा सञ्चालित महायज्ञमा तेस्रो दिन विभिन्न व्यक्ति तथा संघसंस्थाबाट करिब तीन लाख रुपैयाँ बराबरको दान संकलन भएको आयोजकले जनाएको छ। यसबाहेक अन्य धेरै भक्तजन तथा शुभेच्छुकहरूले आर्थिक तथा नैतिक सहयोग प्रदान गरेका वडा सदस्य सन्तोष जिसीले जानकारी दिए।
तेस्रो दिन मोहरियाटार आमा समूह, व्यास–९ ले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। महायज्ञमा मंगलबार दान सहयोग गर्नेमा सबैभन्दा धेरै यही आमा समूह रह्यो । त्यसैगरी लालबहादुर कुँवरले १२ हजार ५ सय ५५, मेहरमान श्रेष्ठले ११ हजार ५ सय ५५, मानबहादुर थापाले ११ हजार १ सय ५५, कालु भण्डारीले ११ हजार १ सय ५५, क्षेत्रबहादुर थापाले ११ हजार ५ सय ५५ तथा कृष्णबहादुर थापाले ११ हजार ५५ रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै पुपल थापा र राधा थापाले १० हजार ५ सय ५५, नरिमाया पण्डितले १३ हजार ६०, वीरभद्र आचार्यले १० हजार ५५, उदयबहादुर कार्कीले १० हजार १ सय २५ तथा रेशम घर्तीले ११ हजार १ सय ५५ रुपैयाँ सहयोग गरेका छन्।
अन्य सहयोगदाताहरूमा संसेर अधिकारी र अर्जुन अधिकारी (भानु–१३) बाट ५ हजार १ सय १०, इन्दिरा कुँवर (काठमाडौं) बाट ५ हजार ५ सय ५५, रामबहादुर कुँवरबाट ५ हजार ५, इन्द्रकुमारी जिसीबाट ५ हजार १ सय २५, अमृत पाण्डे र चिजा पाण्डेबाट ५ हजार ५५, भक्तबहादुर बोहराबाट ५ हजार ५ सय ५, महावीर थापाबाट ५ हजार ५ सय ५५, गोमा खनालबाट ५ हजार १०, ज्ञानु रानाबाट ५ हजार ५०, सरस्वती कुँवरबाट ५ हजार ५५, कमलबहादुर गुरुङबाट ५ हजार ५१ तथा सावित्रा सुयँलबाट ५ हजार ५१ रुपैयाँ सहयोग प्राप्त भएको छ।
जेठ २४ गतेदेखि सुरु भएको महायज्ञ ३१ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको संस्थाका सदस्य भोटबहादुर थापाले बताए। महायज्ञमा १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेले दैनिक कथा वाचन गरिरहेका छन्।
समिति अध्यक्ष बामदेव न्यौपानेको अध्यक्षतामा सञ्चालन भइरहेको कार्यक्रममा सहजीकरण भोटबहादुर थापाले गरिरहेका छन्। धार्मिक अनुष्ठानमार्फत मन्दिर संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा पञ्चमन्दिर निर्माणका लागि आवश्यक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको आर्थिक संयाेजक नारायणप्रसाद न्यौपानेले जानकारी दिए।

महायज्ञ सफल बनाउन स्थानीयवासी, युवा तथा विभिन्न संघसंस्थाको सक्रिय सहयोग रहेको वडा सदस्य सन्तोष जिसीले बताए। महायज्ञ अवधिभर सहभागी भई धार्मिक लाभ लिन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको संस्थाका सचिव दिलीप गुरुङले जानकारी दिए।





























