सामाजिक सेवाबाट लायन वर्षको शुभारम्भ, पराशर गुरुकुलमा खाद्यान्न वितरण
तनहुँ, असार १७ — लायन्स क्लब अफ तनहुँ दमौलीले नयाँ लायन वर्ष २०२६/२७ को शुभारम्भ सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ। लायन वर्षको पहिलो दिन पराशर गुरुकुलमा खाद्यान्न वितरण गर्दै क्लबले वर्षभर सञ्चालन गरिने सामाजिक सेवाका गतिविधिको सुरुवात गरेको हो।
क्लबका अध्यक्ष सञ्जीव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ एलका चिफ एड्भाइजर सरोज भण्डारी, पराशर गुरुकुलका अध्यक्ष सत्यप्रसाद खनाल, रिजन चेयरपर्सन रनिल रोका, जोन चेयरपर्सन बसन्त जी.सी., गुरुकुलका गुरुहरू, क्लबका पदाधिकारी तथा सदस्यहरू तथा गुरुकुलका बटुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा गुरुकुलका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो। प्रथम उपाध्यक्ष महेन्द्र रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठले गर्नुभएको थियो।

लायन्स क्लब अफ तनहुँ दमौलीले नयाँ लायन वर्षको सुरुवात नै सेवामूलक कार्यबाट गर्दै समाजप्रतिको आफ्नो सेवाभाव र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।



























