२४ घण्टामा तनहुँमा ३ सवारी दुर्घटना, ५ जना घाइते
तनहुँ, असार १८ — तनहुँ जिल्लाअन्तर्गत पोखरा–मुग्लिङ सडकखण्ड (पृथ्वी राजमार्ग) मा पछिल्लो २४ घण्टामा ३ वटा सवारी दुर्घटना भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिति २०८३ असार १७ गते बिहान ६:०० बजेदेखि असार १८ गते बिहान ६:०० बजेसम्म भएका दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको उपचार भइरहेको छ भने ३ जना उपचारपछि घर फर्किएका छन्।
दुर्घटनामा ५ वटा सवारीसाधनमा क्षति पुगेको छ। जसमा ४ वटा स्कुटरमा आंशिक क्षति र १ वटा मोटरसाइकलमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा सडक चिप्लो हुने भएकाले सवारी चालकलाई गति नियन्त्रणमा राखी सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ।


























