जेनेजी आन्दोलनका क्रममा फरार रहेका अभियुक्त तनहुँबाट पक्राउ

जेनेजी आन्दोलनका क्रममा फरार रहेका अभियुक्त तनहुँबाट पक्राउ


तनहुँ, असार १९ – जेनेजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार भई जबरजस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहीबार इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शुक्लागण्डकी नगरपालिका–७ मा शंकास्पद व्यक्तिको जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार फरार रहेका ती व्यक्ति आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई जिल्ला कारागार तनहुँ पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले फरार अभियुक्तलाई पक्राउ गरी कारागार पठाइएको जानकारी दिएका छन्।

फाेटाे सांकेतिक

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page