राजनीतिक र सामाजिक सेवासँगै व्यवसायमा पनि जानकी ! दमौलीमा ‘एम जे क्लोसेट स्टोर’ सञ्चालनमा

राजनीतिक र सामाजिक सेवासँगै व्यवसायमा पनि जानकी ! दमौलीमा ‘एम जे क्लोसेट स्टोर’ सञ्चालनमा

दमौली, तनहुँ, २४ असार। व्यास नगरपालिका–२, बुद्धचोक (सिद्धार्थ टोल) मा महिलाहरूका लागि ट्रेन्डी तथा फेसनेबल पहिरन एवं फेसन सामग्री उपलब्ध गराउने एम जे क्लोसेट स्टोर (M J Closet Store) सञ्चालनमा आएको छ।
म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य जानकी थापाले सञ्चालनमा ल्याउनुभएको उक्त स्टोरमा करिब ७ लाख रुपैयाँ लगानी गरिएको छ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी थापाले अब व्यवसायिक क्षेत्रमा पनि नयाँ यात्रा सुरु गर्नुभएको हो। स्थानीय महिलाहरूलाई गुणस्तरीय, आधुनिक तथा आकर्षक फेसन सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।
स्टोरमा महिलाहरूका लागि ट्रेन्डिङ डिजाइनका पहिरन, फेसन एक्सेसरिज तथा अन्य आवश्यक लेडिज सामग्री उपलब्ध छन्। स्थानीयस्तरमै आधुनिक फेसनका सामग्री उपलब्ध गराउँदै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको सञ्चालक थापाले जानकारी दिनुभयो।

दमौलीमा सञ्चालनमा आएको एम जे क्लोसेट स्टोर महिलाहरूका लागि नयाँ किनमेल गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमा महिला उद्यमशीलता प्रवर्द्धन र स्वरोजगार सिर्जनामा समेत यस व्यवसायले सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page