तनहुँमा प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ

तनहुँमा प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ

तनहुँ, २४ असार। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा अस्थायी प्रहरी पोस्ट पुलजीपबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
आँबुखैरेनी गापा–४, बेनिटार क्षेत्रमा शङ्कास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको प्रतिबन्धित लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट डाइजेपाम १० एम्पुल, डक्स एभिल ९ एम्पुल, फेनरगन ९ एम्पुल र बुप्रेनोर्फिन १२ एम्पुल गरी जम्मा ४० एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको हो।
पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिनुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page