तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराँते छनौट प्रतियोगिता दमाैलीमा सुरु
तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराँते छनौट प्रतियोगिता २०८० तनहुँको दमौलीमा शनिबार सुरु भएको छ ।.’स्वास्थ्यका लागि खेलकुद, राष्ट्रकालागि खेलकुद’ भन्ने मूल नाराकासाथ सुरु भएको प्रतियोगिताकाे सांसद डा स्वर्णीमा वाग्लेले उद्घाटन गर्दै भौतिक पूर्वाधारविना पनि नेपालले खेलक्षेत्रमा विश्वमाझ छुट्टै छाप छोड्न सकेको बताए ।

नेपाल कराते महासंघ गण्डकी प्रदेशको आयोजना र नेपाल कराते महासंघ तनहुँको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेश भित्रका ९ जिल्लाका विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडी हरूको सहभागिता रहेको छ । नेपाल करांते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मणि राज थापाको सभापतित्वमा उक्त प्रतियोगिता सुरु भएको हाे । प्रतियोगिताकाे आजै साँझसम्ममा फाइनल हुने बताइएको छ ।

























