कुसुम स्मृति कप भलिबलको उपाधि रिसिङ ४ भिर्काेटलाइ
कुसुम स्मृति कप भलिबलको उपाधि रिसिङ ४ भिर्काेटले जितेको छ । तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नं ६ हटिया बाक्से द्वारा आयोजित टोल तथा गाउँ स्तरीय भलिबल प्रतियोगितामा सहभागी १८ टिमलाई पछि पार्दै रिसिङले उपाधि जितेको हाे ।

यस्तै प्रतियोगितामा कुसुम स्मृति युवा क्लब बन्दिपुर ६ द्धितिय र लखनबारि युवा क्लब तृतीय भएका छन् । प्रतियोगितामा बिजेता भएका टिमलाई कार्यक्रमका प्रमुख अतिथि सिद्धान्त गर्जा मगरले पुरस्कार वितरण गरेका थिए ।

























