एमाले उम्मेदवार सुहाङकाे २६ सय १८ मतकाे अग्रता
इलाम–२ काे पछिल्लो मतपरिणाम अनुसार एमालेका सुहाङ नेम्बाङले ८ हजार ८ सय ९८ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मत ल्याएका छन् । एमालेका सुहाङ कांग्रेसका खड्काभन्दा अहिलेसम्म २६ सय १८ मतले अगाडि छन् ।


यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ४ हजार ६ सय ३४ र राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ३ सय ५ मत आएको छ । २१ हजारभन्दा धेरै मतगणना भैसक्दा एकीकृत समाजवादीका जीतबहादुर राईको दुई सय ४० र राप्रपाका लक्ष्मी गुरुङको ४६ मत आएको छ ।


इलाम २ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।













































