तनहुँकाे प्रशिद्ध धार्मिक स्थल ढाेरबाराहि मन्दिरमा भक्तजनकाे भिड
तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नं ९ मा अवस्थित प्रशिद्ध धार्मिक स्थल ढाेरबाराहि मन्दिरमा भक्तजनकाे भिड बढेको छ । देशका विभिन्न जिल्लाबाट पुजाआचा र दर्शन गर्न तथा घुमफिरका लागि भक्तालुहरू यहाँ आउने गर्दछन् । यश मन्दिरमा भाकल पूरा हुने जनविश्वास छ । मन्दिरमा आई पुजाआचा गर्दा शिक्षा दीक्षा तथा नवाेल्नेहरू लाई बाेल्ने बनाएको हुँदा मनाेकाँक्षा पूरा हुने जनविश्वासका साथ भक्तालुहरू आउने गरेका हुन् । ललितपुर जिल्ला स्थित सातदोबाटो बाट आएकि गिता भट्टराईले मन्दिर निकै आकर्षक लागेको बताइन् । धेरै पहिले देखि मन्दिरको महत्त्वकाे बारेमा सुनेपनि दर्शन गर्ने अबसर बल्ल मिलेको उनलेे सुनाइन् । यस्तै तनहुँकाे ब्यास नगरपालिका स्थित दमाैलीबाट आएका इन्द्र प्रसाद वाग्लेले मन्दिरमा लहरि छुट्नु फरक बिसेसता पाएकाे बताए ।धार्मिक शक्तिपिठकाे रूपमा लिइने यश मन्दिरमा खासगरी नयाँ बर्सकाे दिनमा सबैभन्दा धेरै भिडभाड हुने गर्दछ । त्यो सँगसँगै पछिल्लो समय दसैं तिहार जस्ता चाडकाे बेला र सनिवार यहाँ बढी भिड हुने गर्दछ । २०१९ सालमा हाल रहेको मन्दिरको केही माथि बाराहि प्राविकाे भवनकाे जग खन्दा पुराना घण्ट , त्रिशूल , शङ्ख भेटिएको प्रमाणका आधारमा याे मन्दिर धेरै पुरानो भन्ने आधार मिल्दछ। हिन्दुहरूकाे पवित्र तिर्थस्थलकाे रूपमा लिइएको यस मन्दिरकाे तत्कालीन समयमा ढाेर का राजाले शंरक्षण गरेका कारणले बिश्वमाझ ढाेरबाराहि देवीको रूपमा प्रशिद्ध छ । मन्दिरको मुख्य आकर्सण र रहस्यमय बिशेषता भनेको पानीको लहरि छुट्नु हाे । पहराकाे खाेंच अक्करमा रहेको मुहानबाट गडबड आवाज सँगै करिब आधा घण्टाकाे अन्तरमा ५ मिनेट जति लहर युक्त पानीको बहाव आउने प्रक्रियालाई स्थानीय बाेलिचालिकाे भाषामा लहरि छुटेकाे भनिन्छ । उक्त समयमा उक्त प्रक्रिया देख्न पाउने र हेर्नेहरू लाई भाग्यमानी रहेको बिश्वास गरिन्छ । लहरि चल्ने कुण्डकाे बिचमा रहेका दुईवटा ढुङ्गा लाई शिलढुङ्गाकाे नामले पनि चिनिन्छ । पहिला त्यो ढुङ्गालाई अन्तै सारेर राख्याे भने भाेलिपल्ट फेरि त्यहि आएर बस्थ्याे भन्ने किंवदन्ती छ । त्यहि ढुङ्गामा राखेर पाठापाठिकाे बलि दिइन्छ । मन्दिरमा हाँस कुण्डमा छाेडिदिने र परेवा उडाउने तथा राँगो र भेँडाकाे बलि माैलामा दिइने चलन छ । मन्दिरमा जिन्सि सामानहरू धेरै पहिल्यैदेखि चढाउने चलन छ । श्रीसम्बत १००८ , ई सं १८०८ , बि सं १९४३ , नेपाल संम्बत ९६७ उल्लेख गरिएका मन्दिरमा चढाइएका घण्टी हरू बाट पनि याे मन्दिर निकै पुरानो रहेको पुष्टि हुन्छ । सुरुमा खरले छाएको मन्दिर बहुदलिय ब्यबस्था आएपछि प्यागाेडा शैलीको मन्दिर निर्माण गरिएको छ । मन्दिरको छाना र हाेमकुण्ड तामाले छाएको छ । मन्दिरमा बर्षैभरि पुजा हुने भए पनि सधैं बलि भने नचल्ने मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले बताए । औशि , एकादशि , रामनवमि , बालाचतुर्दशि , शिवरात्रि , ऋषिपञ्चमि , जन्माष्टमि , बाैद्ध पुर्णिामा , हरितालिका जस्ता तिथिमा बलि नहुने पुजारी लम्सालले बताए । पहिले पुजा सञ्चालनकाे लागि तत्कालीन राज्यवाट १६० मुरीकाे गुठी जग्गाहरू बराह खाेला , अम्चुरे , नाङ्गे , मदने पाँगाे , चाेखिमाटि , सन्यासि , टारि आदिकाे जग्गा बाट प्राप्त अधिया धानबाट प्राप्त अन्न , ५ धार्नि घ्यू काे बेठिबाट पुजा सञ्चालन हुने प्रचलन थियो । पृथ्वी राजमार्गको दुलेगौंडाबाट ५ किलोमिटरको दुरिमा रहेको मन्दिरमा दर्शनार्थीहरू पैदल , तथा सवारीसाधन माेटरसाइकल , साइकल ,ट्याक्सि , बस हरूकाे माध्यमबाट दर्शन गर्न सजिलै आउने गर्दछन् ।

























