म्याग्देकाे ६७ करोड ४९ लाख २९ हजार बजेट स्वीकृत

म्याग्देकाे ६७ करोड ४९ लाख २९ हजार बजेट स्वीकृत

तनहुँको म्याग्दे गाँउपालिकाले अगामी आर्थिक वर्ष ०८१÷०८१ को वजेट ६७ करोड ४९ लाख २९ हजार स्वीकृत गरेको छ । गाँउपालिकाको विहिवार सम्पन्न गाँउसभाको १६ औ अधिवेशनले असार १० गते प्रस्ताव गरेको वजेट सहित नीति योजना तथा कार्यक्रम सुझाव सहित स्वीकृत गरेको हाे । 
गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभामा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले चालु तर्फ रु ४४ करोड ८४ लाख २९ हजार र पुँजीगत तर्फ २२ करोड ६५ लाख वजेट प्रस्तुत गरेका थिए । यो सँगै चालु तर्फ ६६.४५ प्रतिशत र पुजिगत तर्फ ३३.५५ प्रतिशत वजेट खर्च  पेश गरेका छन् । 


जसमा वित्तिय समानीरण अनुदानमा वाट ९ करोड ४८ लाख, शशर्त अनुदान चालु रकमवाट १६ करोड १५ लाख ४९ हजार, शशर्त अनुदान पुँजिगत तर्फ ४० लाख, राजश्व वाँडफाँड रकम वाट ८ करोड ८४ लाख, विशेष अनुदान पुजिगत रकमवाट १ करोड ३५ लाख, समपुरक अनुदान रकम पुजिगत तर्फ संघिय सरकारवाट १ करोड २० लाख रुपैया आउने प्रक्षेपण गरेको छ । यसैगरि आय तर्फ प्रदेश सरकारवाट वित्तिय समानिकरण रकम तर्फ १ करोड २० लाख ९२ हजार, राजश्व वाँडफाँड रकममा ६५ लाख ९० हजार, समपुरक अनुदान रकम ६० लाख, विशेष अनुदान रकम ४० लाख, समाजिक सुरक्षा अनुमानवाट १३ करोड ५० लाख रहेको छ ।


त्यसैगरि लागत साझेदारीमा नागरिक वाट जम्मा हुने जनसहभागिता र पुर्वाधार निर्माण तर्फ १ करोड ६० लाख, गैसस वाट परिचालन हुने रकम १० लाख, राष्ट्रपति शैक्षिक सुधारवाट ९० लाख,सडकवोर्डको आय वाट २३ लाख, १५ शैयाको अस्पताल अख्तियारी आने अनुमान रकम ५० लाख, शुक्लावाट पुलको लागी आउने रकम २० लाख र लिलाम विक्री तथाा अन्य आम्दानीवाट ३ करोड ५० लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ । 


त्यसैगरि विषयगत व्यय क्षेत्र तर्फ आर्थिक विकासमा ७.७३ प्रतिशत, समाजिक विकासमा ५३.३० प्रतिशत, पुर्वाधार विकासमा २३.१५ प्रतिशत, वातावरण र विपद् व्यवस्थापनमा ०.७९ प्रतिशत, शुसासन तथा संस्थागतविकासमा १५.०३ प्रतिशत वजेट विनियोजन भएको छ । गाँउसभाको १६ औ अधिवेशनले ७० वटा नीति योजना तथा कार्यक्रम स्वीकृत गरेको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page