अबैध लागु औषध सहित शुक्लागण्डकीका बिश्वास पक्राउ

अबैध लागु औषध सहित शुक्लागण्डकीका बिश्वास पक्राउ
Oplus_0


अबैध लागु औषध सहित शुक्लागण्डकीका एक युवा पक्राउ परेका छन् । आबुँखैरेनी गाउँपालिका वडा नं. ४ बेनीटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ती युवा पक्राउ परेका हुन् ।

काकडभिट्टाबाट पोखरा आउदै गरेको ग १ ख ९६१७ न. को बसलाई रोकी चेकजाच गर्दा उक्त बसमा सवार शुक्लागण्डकी नगरपालिका वडा नं. ७ बस्ने बर्ष २४ को बिश्वास सारु मगरलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मगरले जेव्रा झोला भित्र लुकाई ल्याएको डाईजेपाम १११ एम्पुल, फेनगराउन १११ एम्पुल र नुर्फिन १११ एम्पुल गरी जम्मा ३३३ एम्पुल अबैध लागु औषध फेला पारेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page