दमाैलीका लाैडारी बुधबार बिहानदेखि सम्पर्कबिहिन
तनहुँकाे व्यास नगरपालिका वडा नं २ स्थित सफासडक मेन चाेकका गाेपाल लाैडारी बुधबार बिहानदेखि सम्पर्कबिहिन भएका छन् ।

बुधबार बिहान करिब ६ बजेतिर मर्णिङवाक गर्न निस्केका उनी दिउँसो सम्म घरमा नफर्केपछी परिवारले प्रहरीलाई खबर गरेको थियो । सधैं झैँ बिहान घुम्न निस्केका करिब ७६ वर्षीय लाैडारी बिहीबार बिहान सम्म पनि घरमा फर्केका छैनन् । बिहान घर बाट निस्केपछि सिसी क्यामरामा हेर्दा उनी अनशन चाैतारी तर्फ जाँदै गरेको देखिएको परिवारजनले बताएका छन् ।

बुधबार दिनभरि साेधखाेज गर्दा कसैले नभेटेकाे / नदेखेको बताइएको छ । उनलेे घर बाट निस्कँदा माेवाइल पनि नलगेकाे र आफन्त इष्टमित्र कतै गएको जानकारी पनि नआएकाे बताइएको छ । परिवारजनले उनलाई कतै भेटेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालयले हराइरहेका लाैडारीकाे खाेजी भइरहेको र अहिलेसम्म नभेटिएकाे बताएको छ ।
























