दमाैलीमा सुक्रवार हुने स्वस्थ जीवनशैली विषयक प्रशिक्षण कार्यक्रममा डाक्टर पाैडेल आउने

दमाैलीमा सुक्रवार हुने स्वस्थ जीवनशैली विषयक प्रशिक्षण कार्यक्रममा डाक्टर पाैडेल आउने

दमाैलीमा भदौ २८ गते सुक्रवार असल खानपान र स्वस्थ जीवनशैली सम्बन्धि जनचेतनामूलक कार्यक्रम हुने भएको छ । व्यास ज्याेति साधक परिवारकाे आयाेजनामा तनहुँ उद्योग बाणिज्य संघको हल दमाैलीमा बिहान १०.४५ बजेबाट हुने कार्यक्रममा
सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डाक्टर बिनाेद पाैडेलले प्रशिक्षण दिन आउने बताइएको छ ।
रोग लागेर मात्र होईन स्वस्थ जीवन शैली सिक्नको लागि पनि यस किसिमको कार्यक्रम आयाेजना गरिएको व्यास ज्याेति साधक परिवारका अध्यक्ष गणेशचन्द्र बस्नेतले बताए ।
साधक सत्यमकाे जन्मजयन्तीकाे अवसरमा स्वस्थ , तन्दुरुस्त राख्न , सुख शान्ति , समृद्धिका साथै स्वस्थ जीवन जिउने कला सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयाेजना गरिएको बस्नेतले जानकारी दिए ।

उक्त कार्यक्रममा आफ्नाे शरीरको डाक्टर आफै बनाैं , माेटाेपन कसरी घटाउने , पेटलाइ कसरी मजवुत बनाउने , भान्साघरलाइ कसरी औषधालय बनाउने , पानी पिउने तरिका लगायतका बिषयमा प्रशिक्षण हुने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page