याम्पाबाट दमाैली आउने क्रममा ब्यास १३ कि अंकिता तिवारी बेपत्ता
व्यास १३ बेलवास घर भएकी वर्ष १६ कि अंकिता तिवारी सम्पर्कबिहिन भएकी छन् । भदौ २६ गते बिहान ११.१५ बजे याम्पा मामाघरबाट दमाैली गाडीमा आउने क्रममा बाटो बाटै उनी हराइरहेकाे र अहिलेसम्म पनि केही खबर नभएको परिवारजनले बताएका छन् ।

यम्पा मामाघर बाट आफ्नाे हजुरबुबाले दमाैली तर्फ आउने बस चढाएको तर उनी २७ गतेसम्म पनि घरमा नआइपुगेकाे बताइएको छ । घरमा छाेरी रातिसम्म नआएपछी अङ्गिताका अंकल बलराम तिवारीले जिल्ला प्रहरी कार्यालयमा २६ गते राति नैं निवेदन दिएको बताएका छन् । हराएको नानीलाई कसैले देेखेमा नजिकैको प्रहरी कार्यालय या ९८४६१९४४९४ र ९८४६१३०७३५ मा सम्पर्क गरिदिनुहुन तिवारीले अनुरोध गरेका छन् ।


























@Hghlights