काठमाडौंमा २३ वर्षे युवतीलाई बलात्कार गर्ने व्यासका पाैडेल पक्राउ
२३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका–९ घर भई हाल पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले ती महिलालाई काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित प्यासिफिक गेस्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

























