रूखले च्यापेर सेरबहादुरकाे मृत्यु
तनहुँकाे भिमादमा रुख काट्ने क्रममा रुखले च्यापी सेरबहादुर कुमालकाे मृत्यु भएको छ ।
भिमाद नगरपालिका वडा नं. ६ रंगशाला नजिकै सिसौ घारीमा रूख काटी डोरीले तान्ने क्रममा अचानक
रूखले च्यापी कुमालकाे मृत्यु भएको हाे ।

प्रहरीका अनुसार भिमाद ६ मालेबगर बस्ने वर्ष ५८ को सेर बहादुर कुमाललाई रूखले च्यापि घाईते भएकोमा निज घाईतेको प्राथमिक श्वास्थ्य केन्द्र भिमादमा उपचारको क्रममा मृत्यु भएको हाे ।

























