भानुकाे हाजिरीजवाफ प्रतियोगितामा वडा नं ९ काे बिज्ञान समूह प्रथम

भानुकाे हाजिरीजवाफ प्रतियोगितामा वडा नं ९ काे बिज्ञान समूह प्रथम


बाह्रौं राष्ट्रिय विज्ञान दिवस २०८१ का अवसरमा भानु नगरपालिकाले आयाेजना गरेको नगरस्तरीय अन्तर वडा शिक्षक हाजिरीजवाफ प्रतियोगितामा वडा नं ९ काे बिज्ञान समूह प्रथम भएको छ । यस्तै प्रतियोगितामा द्वितीय : वडा नं ७ को विज्ञान समुह ,तृतीय: वडा नं २ को विज्ञान समुह र सान्त्वना: वडा नं ४ को विज्ञान समूह भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई क्रमशः रू ९०००, ७०००, ५००० र ४००० नगद तथा प्रमाणपत्र नगर प्रमुख आनन्द राज त्रिपाठी लगायतले वितरण गरेका थिए ।

राष्ट्रिय शिक्षा दिवसकाे अवसर पारेर उक्त प्रतियोगिताको पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको भानु नगरपालिकाले जनाएको छ । प्रतियोगितामा ११ टिमको सहभागीता रहेको थियोे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page