आँबुखैरेनीका अध्यक्ष चुमान उत्कृष्ट स्थानीय शासन पुरस्कारबाट सम्मानित
तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान लाई “उत्कृष्ट स्थानीय शासन पुरस्कार २०२४ बाट सम्मानित गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहका बिच एसियन प्रेाफेसनल एचिभमेन्ट अवार्ड कार्यक्रमका विच सिजन मिडियावाट अध्यक्ष चुमानलाई सम्मान गरिएको हाे ।

स्थानीय सरकारमा उत्कृष्ट कार्य गरेबापत सम्मानित भएका चुमानलाइ राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सम्मान गरेका थिए । यस अगाडि पनि अध्यक्ष चुमान विभिन्न समयमा विभिन्न पुरस्कारबाट सम्मानित एवम् पुरस्कृत भइसकेका छन् ।

























