बन्दीपुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अध्यक्षमा थापा निर्वाचित
तनहुँकाे बन्दीपुरमा रहेकाे बन्दीपुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अध्यक्षमा बाबुराम थापा निर्वाचित भएका छन् । उपभोक्ता समितिको आठौ अधिवेेशनले निर्वाचन मार्फत थापालाई निर्वाचित गरेकाे हाे । अध्यक्षका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष आनन्दमान जाेशीलाई ६१ मत अन्तरले पछि पार्दै थापा निर्वाचित भएका हुन् ।

समितिकाे उपाध्यक्षमा दिपक बानिया २७५ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी तुलबहादुर गुरुङले २३८ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा कृष्णकान्त भट्टराई २६७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी भाेजबहादुर थापाले २१९ मत प्राप्त गरेका थिए । काेषाध्यक्षमा मिनबहादुर गुरुङले ३०९ मत प्राप्त गरि विजयी हुँदा प्रतिस्पर्धी रत्नबहादुर कार्कीले १८४ मत प्राप्त गरे ।

यसैगरी महिला सदस्यहरुमा ईन्द्र सार्की, कमला गुरुङ , कबिता गुरुङ र सुनिता श्रेष्ठ , खुल्ला सदस्यमा रामचन्द्र भण्डारी विजयी भएकाे संस्थाले जनाएकाे छ ।
























