म्याग्देकाे एकिकृत घुम्ती शिविरमा जनताको उल्लेख्य सहभागीता , आज वडा नं १ मा हुने

म्याग्दे गाँउपालिकाले आयाेजना गरेको एकिकृत घुम्ति शिविरमा जनताको उल्लेख्य सहभागिता देखिएको छ । वडा नं १ को वाख्रेवाट शुरु गरिएको एकिकृत घुम्ति शिविरमा पालिका र वडावाट प्रवाह हुने सम्पुर्ण सेवा प्रदान गरिएपछी शिविरमा जनताको सहभागीता उल्लेख्य भएको हाे ।
वाख्रेको गुरुङ्ग भवनमा भएको एकिकृत घुम्ति शिविरको पहिलो दिन स्वास्थ्य सेवा तर्फ १०४ जनाले सेवा लिएका छन् भने अपाङ्गता परिचयपत्र २ जनाले तथा ज्येष्ठ नागरिक तर्फ २ जनाले कार्ड प्राप्त गरेका छन् । शिविरवाट २९ जना सेवाग्राहीले दन्त सेवा लिएकाे म्याग्दे गाउँपालिकाले जनाएको छ ।
यसैगरि ग्रामिण भिडियो एक्सरे सेवा १ जनाले लिएका छन् भने परिवार नियोजन सेवा ५ जनाले प्राप्त गरेका छन् । आयुर्वेद्ध तर्फ महिला २७ जना र पुरुष ११ जना गरि कुल ३८ जनाले आयुर्वेद्ध सेवा प्राप्त गरेका छन् ।शिविरमा सवैभन्दा धेरै कृषि तर्फ १०७ जना र पशु तर्फ ६२ जनाले सेवा प्राप्त गरेका छन् । पञ्जिकरण शाखा अन्तरगत कुल ५ जनाले विभिन्न सेवा प्राप्त गरेका छन् ।
टोलमा नै आएर पालिका तथा वडावाट विभिन्न सेवा प्राप्त भएपछि जनताहरू खुशी देखिएका छन् ।
पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गर्ने सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुर्याउने उद्येश्य अनुसार एकिकृत घुम्ति शिविर सुरु गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । पालिकाले जनताको आवश्यकता परिपुर्ति गर्नका लागि एकिकृत घुम्ति सेवा प्रदान गरिएको हो । विगतमा पनि गरिएको एकिकृत घुम्ति शिविरवाट हजारौले सेवा लिएको हुदाँ जनमुखी काममा पालिका सधै क्रियाशिल रहेको समेत अध्यक्ष श्रेष्ठले वताए ।

एकिकृत घुम्ति शिविरमा स्वास्थ्य तर्फ परिवार नियाेजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ्क, मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ्ग सेवा, स्तन क्यान्सर परिक्षण सेवा दिईनेछ भने कृषि तर्फ उन्नत जात विउ विजन वितरण, बिभिन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षिहरुको उपचार , पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईनेछ ।

यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईनेछ भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईनेछ ।
कार्तिक ९ गते सम्म चल्ने घुम्ति शिविरकाे दाेस्राे दिन असोज ७ गते मान्हौ वरच्याङ र गुणादीको वडा नं १ को कार्यलय भवन मा सञ्चालन हुने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी द्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।
























