तनहुँमा मासिक ४ सयमै जि आर एस काे ” सुपर नेट “

तनहुँमा मासिक ४ सयमै जि आर एस काे ” सुपर नेट “

व्यास केवल मार्फतकाे जि आर एस लिङ्क ईन्टरनेट नेटवर्क प्रालि द्वारा सञ्चालित ” सुपर नेट ” ले मासिक ४ सय १५ रुपैयाँमा ५० एमबीपीएसको इन्टरनेट सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

तनहुँमा मुख्य कार्यालय तथा लमजुङ र गाेरखामा सेवा विस्तार गरेको जि आर एस ले चाडैचाड महाचाड धमाका भन्दै अन्य इन्टरनेट भन्दा सस्तोमा सेवा दिन थालेपछि याे नेट जाेड्ने ग्राहककाे संख्या ह्वात्तै बढेको छ । न्यून मूल्यमा नै ‘टप स्पिड’ चल्ने इन्टरनेट सेवा ग्राहकलाई उपलब्ध गराउँदा बजारमा यसको चर्चा समेत बढेको छ । इन्टरनेटको गुणस्तर अरू कम्पनीको भन्दा कम नभएको दाबी गर्दै जि आर एस नेटवर्कका सञ्चालक बसुन्धरा घर्तीले न्यूनतम मूल्यमा अधिकतम ग्राहकलाई सेवा दिने उद्देश्यसहित महाचाड धमका ल्याएको बताइन् । सञ्चालक घर्तीले पछिल्लो समय सुपर नेट जाेड्नेकाे संख्या दसौं हजार पुगिसकेको जानकारी दिइन् ।

नेपालमा समयक्रमसँगै इन्टरनेट विस्तार गर्ने कम्पनीहरूको संख्या बढ्दो छ, तर अन्य भन्दा याे आधुनिक प्रविधिकाे सँगसँगै फास्ट चल्ने इन्टरनेट भएकोले धेरैले मन पराएकाे उनलेे दावी गरिन् ।
मासिक इन्टरनेट ८/९ सय रुपैयाँ तिरेर चलाइरहेका दमाैली सँगै आसपासका मानिसले सस्तोमा इन्टरनेट सेवा पाएपछि खुसी भएका छन् । जि आर एस ले ५० एमबीपीएसको इन्टरनेटलाई वार्षिक ४ हजार ९ सय ९९ र ८० एमबीपीएसकाे लाई वार्षिक ५ हजार ५ सय ५५ रूपयाँ मात्रै लाग्ने र अन्य कुनैपनि शुल्क नलाग्ने गरि नयाँ अफर बजारमा ल्याएको हाे ।

इन्टरनेटमा धेरै लुट भइरहेको तथा यसबाट उपभोक्ता ठगिइरहेकाे अवस्थामा इन्टरनेटमा भएको लुटतन्त्र हटाउन सस्तो इन्टरनेटले हलचल ल्याइदिने अपेक्षा गरिएको छ । यस इन्टरनेट जाेड्दा कुनै समस्या आइहालेमा पनि तत्कालै मर्मतको सेवा दिने गरेको समेत पाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page