डुम्रेमा भएको ब्याडमिन्टनमा खैरेनीटारका अमृतकाे जाेडी प्रथम
डुम्रे सांस्कृतिक युवा परिवारद्वारा आयोजित पुरुष ब्याडमिन्टन प्रतियोगितामा तनहुँ खैरेनीटारका अमृत श्रेष्ठ र सफल भुजेलकाे जाेडी प्रथम भएको छ । प्रथम भएसँगै भुजेलकाे जाेडीले नगद २० हजार र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

शनिबार र आईतवार गरि दुई दिन सँचालन गरिएकाे खेलमा दमाैलीका पोर्ट बहादुर सारु मगर र बिस्वाश बि क काे जाेडी द्धितीय हुँदै नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकाे छ भने सेमिफाइनल पुग्ने सागर थापा र कमल श्रेष्ठकाे जाेडी र राजु गुरुङ र नितेश थापाकाे जाेडीले नगद २ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेतालाई बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पुरस्कार प्रदान गरेका थिए । डुम्रे सांस्कृतिक युवा परिवारका अध्यक्ष बिक्की गुरुङकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे सञ्चालन सचिव ईश्वर नेपालले गरेका थिए ।
























