तीन तारे होटलमा निवर्तमान सभापति न्यौपानेले गरे गुटको भेला

तीन तारे होटलमा निवर्तमान सभापति न्यौपानेले गरे गुटको भेला

नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले तीन तारे सिद्धार्थ होटलमा केही दिन अगाडि गुटको भेला गरेका छन् ।

निवर्तमान सभापति न्यौपानेले गरेको गुटको भेलामा कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल ,महासमिति सदस्य डोवाटे वि.क.,महासमिति सदस्य सरिता गुरुङ,गण्डकी प्रदेश सांसद अशोककुमार श्रेष्ठ, पूर्व मेयर ताराप्रसाद श्रेष्ठ , क्षेत्रीय सभापति श्याम मौरती , प्रदेश सभापति विशेश्वर खनाल , नगर सभापति सूर्यचन्द्र हड्खले लगायतको उपस्थिती रहेको बुझिएको छ ।

निवर्तमान सभापति न्यौपानेले आफ्नो गुट मजबुत बनाउने उदेश्यले तीन तारे होटलमा भेला आयोजना गरेको बुझिएको छ । गुटको भेलामा पूर्व नगरप्रमुख श्रेष्ठ मौन रुपमा बसेकाे नाम नवताउने सर्तमा एक सहभागीले बताए । पार्टीको सय दिने अभियान सञ्चालनको पूर्व सन्ध्यामा न्यौपानेले गरेको गुटको भेलालाई कांग्रेस वृतमा निकै चासोको साथ हेरिएको छ ।खासगरी थप क्रियाशिल सदस्य नविनकरणमा आफ्नो खेमालाई मजबुत बनाउन न्यौपानेले निर्देशन दिएका ती सहभागीले बताए ।

आफ्नो खेमामा बलियो र सशक्त रूपमा बस्न सहभागीहरुलाई निवर्तमान सभापति न्यौपानेले चेतावनीयुक्त भाषामा भनेका थिए । जसमध्ये पुर्व सभापति न्यौपानेको निर्देशनलाई क्षेत्रीय सभापति माैरती र नगर सभापति हड्खलेले शीरधार्य गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page