आमालाइ क्यान्सर भए पछी ५ र ९ बर्षिय छाेरीकाे बिलाैना , आमालाइ बचाइदिनुहाेस्

आमालाइ क्यान्सर भए पछी ५ र ९ बर्षिय छाेरीकाे बिलाैना , आमालाइ बचाइदिनुहाेस्

३५ वर्षिय आमा क्यान्सरले थलिएपछी ५ र ९ वर्षिय छाेरीहरूले बिलाैना गर्दै आमालाइ बचाइदिन अनुरोध गरेका छन् । कास्की जिल्ला, रुपा गाउँ पालिका वडा नं ६ निवासी ध्रुव राज अधिकारीकी श्रीमती वर्ष ३५ की शिव देवी कँडेल लाई आफ्नो लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै प्राण घातक दीर्घरोग (ओभरियन क्यान्सर) भएको परिवारजनले बताएका छन् ।

२०८० साल भदौ ६ गते वि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा शल्यक्रिया गरेर करिब ५ किलोग्राम को ट्युमर फाली ६ ओटा २१ दिने केमो लगाइसकेपछि केही महिना आराम भएतापनि २०८१ असार महिनामा आएर पुन :सोही प्रकारको ठूलो ट्युमर पलाएको देखिएकाे बताइएको छ । डाक्टरको सल्लाहअनुसार अब कंडेलकाे अपरेशन गर्न नमिल्ने भएकोले पुन: दोश्रो चरणको १२ ओटा २८ दिने अति महङ्गो केमो (एउटा लगाउँदा करीब १ लाख २० हजार खर्च हुने ) लगाउनु पर्ने अवस्था श्रृजना भएको हुनाले परिवारले सबै सँग सहयोगकाे अपिल गरेका छन् ।

बिरामी कंडेलका श्रीमान निजी विद्यालयमा सामान्य शिक्षकको रुपमा अध्यापन गराउने र उनको कमाइले मात्र उपचार गर्न असम्भव देखिएको हुँदा सबैसँग आर्थिक सहयोगको अपेक्षा राखेकाे बिरामीका आफन्त सीता पहारिले बताइन् ।

थोपा थोपा मिलेर सागर बन्छ” भनेझैँ यहाँहरु सबैको स- सानो आर्थिक सहयोगबाट नाबालिका दुई छोरीहरू (९ वर्ष र ५ वर्ष )की ममतामयी आमालाई बचाउन सकिने हुँदा उनको तल दिएको खाता नम्बर मा आफूले जे जति सकिन्छ आर्थिक सहयोग गरेर बिरामीको जीवन बचाई पुण्य कमाउनु हुन पहारीले अपिल गरेकी छन् ।

बिरामीको बैंक खाता विवरण :

A/C Holder Name: SHIVA DEVI KANDEL
Account Number: 12122301090726000001
Bank Name: Muktinath Bikas Bank
Pokhara Branch

सम्पर्क को लागि,
बिरामीको श्रीमान ध्रुव राज अधिकारी, फोन : 9846219073
रुपा गाउँ पालिका वडा नं ६

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page