म्याग्देमा व्यवसाय दर्ता अभियान उत्साहका रूपमा सन्चालन

म्याग्देमा व्यवसाय दर्ता अभियान उत्साहका रूपमा सन्चालन

म्याग्दे गाउपालिकाकाे आयाेजना र तनहुँ उधाेग वाणिज्य सघ थर्पु वजार ईकाइ समितिकाे सहकार्यमा व्यवसाय दर्ता अभियान म्याग्दे गाउँपालिकामा शुरू भएकाे छ । गाउँपालिका भित्र व्यापार व्यवसाय गर्ने व्यवसायिलाई कानुनि दायरामा ल्याउने उदेश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत गरिएकाे हाे ।

गाउँपालिका भित्र सन्चालन भएका व्यवसायीलाई पटक पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआएपश्चात अभियानकै रूपमा दर्ता गरेका छाै आर्थिक विकाश शाखा प्रमुख (अधिकृत साताै) प्रदिप न्याैपानेले बताए । पहिलाे चरण अन्तगत वडा न १, २ र ३ वडामा हाेटल, किराना, कृषि , मासुपसल, स्टेशनरि,परामर्श लगायत सचालनमा रहेका व्यवसायि दर्ता तथा सुचिकृत गिरएकाे अधिकृत न्याैपानेले बताए । तीन वटै वडामा गरि १ सय ५ भन्दा वढि सुचिकृत र दर्ता भएका र अन्य वडामा दशै लगत्तै उधाेग वाणिज्य सघ थर्पु ईकाइसग सल्लाह गरेर कार्यतालिका वनाएर अभियान सन्चालन हुने अधिकृत न्याैपानेले जानकारि दिए । व्यवसाय नयाँ दर्ताका लागि तत्काल वडा कार्यालयवाट सिफारिस लिने र सुचिकृतका लागि अन्यत्र सरकारि निकायमा दर्ताका कागजपत्रका अधारमा हुने छ । साेहि अवधिमा व्यवसायीकाे सहजका लागि फाेटाेकपि लगायतका कार्य नि:शुल्क हुने छ ।

थर्पु वजार ईकाइ समितिका सभापति शुन्दरमणि अधिकारिले गाउँपालिकाले व्यवसायिकाे हितमा कार्य गर्ने र कानुनि दायरामा ल्याउन सुचना प्रकाशन गरेपश्चात व्यवसायि सस्था सहयात्री भएकाे वताए । स्थानिय सरकारसग गाउँपालिका भित्र सचालन हुने उधाेगि, व्यवसायिकाे प्रत्यक्ष सलग्नता हुनेहुदा दर्ता र सुचिकृत गर्ने अभियानमा सहकार्य गरेका छाै अध्यक्ष अधिकारिले भने,” अभियानलाई सफल वनाउन वजार ईकाईका सवै पदाधिकारी र सदस्य लागेका छाै” । म्याग्दे गाउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले व्यवसायिलाई सजिलाेकाे लागि वडामा गएर नै सुचिकृत तथा दर्ता अभियान सन्चालन गरिएकाे बताए । उधाेग, व्यवसाय सन्चालन गरेका व्यवसायिकाे तथ्यांक सकलनका लागि पनि यस अभियान प्रभावकारि हुने अपेक्षा उपाध्यक्ष घिमिरेकाे छ ।

उधाेग व्यवसाय सन्चालन गरि अभियानका रूपमा घर आगनमा सुचिकृत तथा दर्ताका लागि सवै व्यवसायि अनिवार्य रूपमा आउन गाउपालिका अध्यक्ष श्रिप्रसाद श्रेष्ठले आग्रह गरेका छन् । उधाेगि व्यवसायि उत्साहका साथ आफ्ना जनप्रतिनिधि, कर्मचारी, व्यवसायी एक्कैसाथ दर्ता तथा सुचिकृत अभियानमा हिडेपछि निकै खुसिका साथ दर्ता भएका छन् । मगलवार धयरे वजारमा सन्चालन भएकाे व्यवसाय दर्ता अभियानमा ३५ भन्दा वढिले प्रमाणपत्र लिएका छन् । हाेटल व्यवसायि धनमाया आलेले कर्मचारी,वडाका जनप्रतिनिधि एक्कै स्थानवाट सेवा दिदा सहज भएकाे र गाउँपालिकामा दर्ता गर्न जानुपर्ने झन्झट अन्य भएकाे वताईन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page