जामुने बहुउद्देश्यीय सहकारीकाे अध्यक्षमा हरिकृष्ण
जामुने बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड म्याग्दे २ तनहुँकाे २९ औ साधारणसभा एवम् ११ औ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले हरिकृष्ण श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा तारा रानाभाट ,सचिवमा हरि वहादुर अधिकारी ,काेषाध्यक्षमा मनिराज राना चयन भएका छन् ।

यस्तै लेखा संयाेजकमा वलराम भट्टराई चयन भएको सहकारीले जनाएको छ । इन्द्रबहादुर अधिकारीकाे संयाेजकत्वमा सुर्य मोहन काफ्ले र रत्ना घिमिरे रहेको निर्बाचन मण्डलले निर्बिरोध कार्यसमिती गठन गरेको थियो ।


























