झुलबहादुर आले स्मृति प्रतिष्ठान द्वारा विपन्न परिवारलाई सहयाेग

झुलबहादुर आले स्मृति प्रतिष्ठान द्वारा विपन्न परिवारलाई सहयाेग

संविधानसभा सदस्य झुलबहादुर आलेकाे नाममा उनको परिवारले स्थापना गरेको ” झुलबहादुर आले स्मृति प्रतिष्ठान ” ले विपन्न परिवारलाई सहयोग गरेको छ । सामाजिक कार्य गर्ने उद्धेश्यले स्थापित प्रतिष्ठानले ऋषिङ गाउँपालिका वडा नं ७ का श्याम विक र दलिसरा विक काे परिवारलाइ १ वर्ष सम्मको बिद्धुत र खानेपानीको महसुल प्रतिष्ठानले तिर्ने भएको स्व झुलबहादुर आलेका छाेरा कमल बहादुर आलेले बताए ।

श्याम र दलिसरा लाई इलेक्ट्रोनिक चुल्हो प्रदान गरिएको र उक्त चुल्हो बाट उनिहरूकाे दैनिकमा केही सहजता आउने र त्यसवाट महशुल धेरै आउन सक्ने तथा उनिहरूले तिर्न नसक्ने अवस्था नआवस भनेर आजीवन प्रतिष्ठानले पैसा तिर्ने भएको हाे कमलले भने ।
प्रतिष्ठानकाे ऋषिङ ७ मा कार्यालय समेत स्थापना गरिएको छ । प्रतिष्ठानले गरिब , बिपन्न , दिनदुखि तथा जेहेन्दार बिद्यार्थी काे क्षेत्रमा सहयोग गर्नुका साथै सामाजिक क्षेत्रमा काम गर्ने उद्धेश्य अनुरूप कामको सुरुवात गरिएको छाेरा कमलबहादुरले जानकारी दिए । प्रतिस्ठानकाे कार्यालयकाे कमलकाे आमा एवम् प्रतिष्ठानका उपाध्यक्ष भवि कुमारी आलेले शुभारम्भ गरेकी थिइन् । कार्यालय स्थापना सँगै १० लाखकाे अक्षयकोष स्थापना गरिएको छ । त्यसैबाट आएकाे व्याजले हरेक वर्ष सहयोग गरिने प्रतिष्ठानले जनाएको छ ।

स्वर्गीय आलेका छाेरिहरू गिता आले थापा र भिमकुमारि आले तथा ज्वाइहरू सुमित थापा र रन्जित आले , त्यस्तै नातिनि सिर्जना आले थापा तथा ज्वाइ सुनिल थापाले संयुक्त रूपमा काेष खडा गरेकाे उनलेे जानकारी दिए ।

छाेरा कमल बहादुर आलेकाे अध्यक्षतामा गठन भएको प्रतिष्ठानमा भवि कुमारी आले उपाध्यक्ष तथा माया आले सचिव रहेका छन् । यस्तै प्रतिष्ठानकाे काेशाध्यक्षमा दलजित आले तथा सदस्यहरूमा बाबुलाल आले , भिमबहादुर विक , केशबहादुर थापा , मनिसरा थापा , याममाया थापा रहेका छन् ।

नेपालकाे संविधान २०७२ का हस्ताक्षरकर्ता , नेपाली काङ्ग्रेस तनहुँका महासमिति सदस्य , पुर्व क्षेत्रीय सभापति , पुर्व गाविस अध्यक्ष , पुर्व उपप्रधानपञ्च लगायत दर्जनौं संघसंस्थामा आलेले महत्त्वपूर्ण याेगदान दिएका थिए । यस्तै तनहुँकाे दक्षिणी भेगको लाेकतान्त्रिक आन्दाेलनका लाेकप्रिय नेतृत्वकर्ता , बिकास प्रेमि , शिक्षासेवि , सामाजिक व्यक्तित्व , जलदेवि प्रावि तथा शिव सरस्वती माविका पुर्व अध्यक्ष , लिङ्दि खाेला लघु जलविद्युत तथा वान्जा खाेला जलविद्युत आयाेजनाका पुर्व अध्यक्ष समेत स्वर्गीय आले रहेका थिए ।
स्वर्गीय आलेकाे २०७९ मंसिर ९ गते निधन भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page