दसैंकाे टीकाकाे उत्तम साइत ११.३६ मा
दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

सनिवार बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने र टिकाकाे उत्तम साइत ११ . ३६ मा रहेको छ । समितिका अनुसार यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेकोले दसैं एकदिन छाेंटाे भएको छ ।

टीकाको दिन चन्द्रमाको अवस्थिति अनुसार लगाइदिने मानिस पूर्व र लगाउने मानिस पश्चिम फर्कनु पर्छ । मान्यजनहरुबाट विजयादशमीका दिन मन्त्रसहित टीका थाप्नुपर्छ । टीका लगाउँदा जमरा अनिवार्य मानिन्छ । त्यस्तै, दहीमा मुछेर रङ हालेर चामलको अक्षता लगाउने चलन छ ।
























