टीकाकै दिनमा तनहुँमा माेटरसाइकल र स्कुटर ठाेक्किंदा दुईजना गम्भीर घाइते

दसैंकाे टिकाकाे दिनमा तनहुँमा दुईवटा सवारीसाधन धुजा पर्नेगरी दुर्घटनामा परेको छ । जिल्लाकाे शुक्लागण्डकी नगरपालिका ५ स्थित बेलचाैतारामा
ग ६ प ५५७७ नम्बरको १८० सिसिकाे पल्सर बाइक र
प्रदेश ३–०३-००२ प ५४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा तनहुँ घर भएका दुइजना गम्भीर घाइते भएका छन् ।

दुलेगौंडाबाट खैरेनीटार तर्फ जाँदै गरेको माेसा र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा भएको दुर्घटनामा माेसा चालक शुक्लागण्डकी नगरपालिका १० मान्द्रे बस्ने बर्ष २६ काे शिव शाहीकाे टाउको , छाती र बायाँ खुट्टामा गम्भीर चाेट लागेको छ भने स्कुटर चालक शुक्ला ७ बेलचाैतारा बस्ने बर्ष ४० काे रामबहादुर थापाकाे बाया हात , छाती र बायाँ खुट्टामा गम्भीर चाेट लागेको छ ।

इलाका प्रहरी कार्यालय बेलचाैताराका प्रहरी निरीक्षक पाेषण थापाका अनुसार घाइतेको तत्कालै
उद्धार गरि जिपी काेइराला श्वासप्रश्वास केन्द्र बेलचाैतारामा पठाइएको र पछि थप उपचारको लागि पाेखरा जिएमसी अस्पतालमा रिफर गरिएको छ । दुर्घटनामा परेको सवारीसाधन तत्कालै नियन्त्रणमा लिएको र दुर्घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे
प्र नि थापाले बताए ।
























