डुम्रे बजारमा भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ५० जनाको स्वास्थ्य परिक्षण
बन्दिपुर १ डुम्रे बजारमा आज (शुक्रबार ) भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५० जनाले स्वास्थ्य परिक्षण गरेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे इकाइ र क्षेत्रीय होटल सङ्घ डुम्रे इकाइको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा फिजियोथेरापी, मधुमेह, थाईराइड लगायतको परिक्षण गरिएको कार्यक्रम संयोजक शम्भु श्रेष्ठले बताए ।

शिविरमा ८० जनाको थाईराइडको लागि रगत कलेक्सन गरेको थियो ।

उक्त शिविरमा लायन्स क्लब अफ काठमाडौँ मिलन , NOVUS PATH LABS & DIAGNOSTIC CENTER PVT LTD काठमाडौँ, सन्चो आयुर्वेदिक औषधालय डुम्रे , JCIभानु बन्दीपुरको विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे इकाईका अध्यक्ष हिमलाल भि.के र क्षेत्रीय होटल सङ्घ डुम्रे इकाइका अध्यक्ष सन्तोष थापाले जनतालाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउन पाएकोमा खुसी व्यक्त गरे ।
नि: शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा डा. रिषीकान्त गिरि,डा. राम शंकर गुप्ता, डा.सुदिप धितात, स्वास्थ्यकर्मी रुपेश थापा र पाथ ल्याब एण्ड डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग रहेको थियो ।
























